काठमाडौँ २९ कात्तिक | नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रति जनता समाजवादी पार्टी नेपालका युवा भातृ संगठन “समाजवादी युवा संघ ” को गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
हिजोको सामन्तबादी स्वइच्छा चारी प्रतिगमनकारी सरकार र आजको पाँच दलीय सत्ता गठबन्धनको सरकारको फरक नछुट्टिने गरी यस सरकारले आम नेपालीको जनभावना भन्दा विपरित गई जनजताको जीवनयापनमा नै असर पर्ने गरी गरिएको यस मूल्य बृद्दि तुरुन्त फिर्ता लिन जोडदार माग गरेका छन् । साथै यस्तो मनलाग्दो जथाभावी कदम बाट सरकार पछि नहटे सशक्त रुपमा सडक आन्दोलनमा उत्रने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ |
समाजवादी युवा संघ बागमती प्रदेशका अध्यक्ष तुफान बिक्रम क्षेत्रीले यदि सडकमा उत्रिन परे त्यसबाट हुने हानी, नोक्शानी को जवाफदेहिता सरकार स्वयम हुनेछ |