“रंगमा मेरो धनकुटा, घुम्न आउ धनकुटा” भन्ने मुल सन्देशका साथमा स्थलगत चित्रकला बनाउने कार्य शुरु

धनकुटा | धनकुटामा आजबाट “रंगमा मेरो धनकुटा, घुम्न आउ धनकुटा” भन्ने मुल सन्देशका साथमा स्थलगत चित्रकला बनाउने कार्य शुरु भएको छ ।

चित्रकारीता बाट धनकुटाका पर्यटकीय स्थलहरुको प्रबद्र्धन र धनकुटा लाई देश विदेशमा चिनाउने उद्येश्यका साथ आयोजना गरिएको कार्याशालामा मुलुकभरिबाट २६ जना चित्रकार धनकुटामा आएका छन ।

उनीहरुले धनकुटाका विभिन्न मठ मन्दिर ,धनकुटा बजार, धनकुटाका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई आफ्नो क्यानभाषमा उतार्ने काम गरिरहेका छन । अन्तरराष्टिय जलरंग समाजमा आबद्ध चित्रारहरुबाट धनकुटालाई क्यानभाषमा उर्ताने काम भईरहेको हाम्रो बहुमुखी पाठशाला चित्रकला विभागका संयोजक डिल्ली कृष्ण आलेले जानकारी दिनुभयो ।

दुई दिन सम्म धनकुटाका विभिन्न ठाउलाई क्यानभाषमा उतार्ने काम सकिए पछि उक्त चित्रहरु लाई प्रद्धशनी समेत गरिने पाठशालाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखी पाठशाला धनकुटाले उक्त कार्यशालाको आयेजना गरेको हो ।