
काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् ।
मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो । फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारत उत्तर प्रदेशका महमद जुहेवलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
दुबईबाट सुन लिएर आएको सुराकका आधारामा प्रहरीले ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधाकिलो सुन बरामद गरेको बताए । उत्तर प्रदेशको बुलन्द शहर घर भएका जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर सो सुन ल्याएका थिए । ४२ वर्षका महमद जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ ।