मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु

 

धरान धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा नगरपालिका वडा नं.६ फोक्ल्याण्ड टापुमा मंगलबार सडक दुर्घटनामा परी एक जना मोटर साईकलमा सवार यात्रुको मृत्यु भएको छ ।

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं.२ चित्लाङबाट मोरङको वेलवारी घर तर्फ आउँदै गरेका वर्ष ४० को हरी भट्टराई दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका भट्टराईका दाजु वर्ष ४२ का तुलसी भट्टराईले चलाई रहेको प्र.१.०२०४१ प.९४०९ नम्वरको मोटर साईकललाई सोही दिशा तर्फ गईरहेको को.१ ख.७२४० नम्वरको यात्रुवाहक वसले ठक्कर दिदा उनी गम्भिर घाईते भएका थिए ।

उनको टाउको फुटेको र अचेत अवस्थामा रहेका थिए । जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसके पछ्री थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको थियो । सोही क्रममा उनको मृत्यु भएको जिल्ला कार्यालय धनकुटाका इनेस्पेक्टर काशीनाथ रेग्मीले बताउनु भयो । दुर्घटनामा परेको यात्रुवाहक वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको वेलवारी नगरपालिका वडा नं.८ घर भएका दुई भट्टराई दाजुभाई चैनपुर न.पा.चित्लाङमा भाई टिकाको दिन वढीआमा स्वर्गारोहण भएको ठाउँमा पुगेर घर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।