एजेन्सी | न्युयोर्क, २३ कात्तिक | डेढ बर्षदेखि थुनामा रहेकी एक चिनियाँ पत्रकारलाई रिहा गर्न अमेरिकाले चीनसँग माग गरेको छ । कोभिडबारे समाचार तयार पारेर फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ परेकी झाङ झानलाई तत्काल रिहा गर्न अमेरिकाले चीनसँग माग गरेको हो ।
उनलाई गैरकानुनी ढंगले थुनामा राखिएको र झानको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै अमेरिकाले उनको रिहाइको माग गरेको हो ।
वुहानमा कोभिड १९ बारे समाचार संकलन गर्ने क्रममा उनलाई गत वर्षको मे महिनामा चीन सरकारले पक्राउ गरेको थियो । पक्राउपछि सरकारले उनलाई चार बर्ष जेल सजाय तोकेको थियो ।
उनले जेलभित्रै अनियमित भोक हड्ताल गर्दै आएकी छिन् । हड्तालका कारण झानको स्वास्थ्य अवस्था निकै बिग्रिएको बताइएको छ ।
‘झानलाई स्वेच्छाचारी ढंगले थुनामा राखेको र कारागारमा दुव्र्यवहार गरेको विषयप्रति हामीले चीन सरकारको ध्यानाकर्षण गर्दैैै आएका छौं,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।
उनको निःशर्त रिहाइ गर्न पनि अमेरिकाले चीनसँग माग गरेको छ ।
पूर्ववकिलसमेत रहेकी झान सन् २०२२ को फेब्रुबरीमा वुहानको भ्रमण गरेकी थिइन् । महामारीको समयमा त्यहाँको जनजीवनबारे अनलाईनमा एउटा लेख पढेपछि उनी वुहान पुगेकी थिइन ।
उनले वुहानका सडक र अस्पतालको वास्तबिकताबारे एउटा रिपोर्ट तयार पारेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी थिइन् ।
सरकारी अधिकारीहरुको चेतावनीबीच उनले फेसबुकमा पोस्ट गरेकी थिइन् । पक्राउ परेपछि उनले जेलभित्रै भोक हड्ताल गर्दैै आएकी छिन । भोक हड्तालका कारण उनको तौल निकै घटेको विवरणमा जनाइएको छ ।