काठमाडौँ | राप्रपा सर्लाहीको जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमितिमा चयन गरेको छ। कार्यक्रम मा प्रमुख अतिथि राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी बिशेष अतिथि माननीय राजेन्द्र लिङदेन लगायत को नेता हरु को उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आन्दोलनको वलमा राप्रपाले राजसंस्था स्थापना गर्ने वताउनु भयको छ। उहाँले अभिभावक विहिन मुलुकलाई दलिय सिन्डिकरणले लुटतन्त्र र भ्रष्टाचारको अखाडा भएको वताउनु भयो ।
प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तवाट कांग्रेस तथा कम्युनिसष्टहरु च्युत भएका कारण प्रजातन्त्रको रक्षा गर्नको लागि राजसंस्थाको आबश्यक रहेको कारण यो संस्था हिजोभन्दा आज झन सान्दर्भिक देखिएको वताउदै नेपाल लाइ हिन्दुराष्ट्र वनाउन वाट कसैले रोक्न नसक्ने वताउनु भएको छ।
उहाले मधेसवादी दलहरु समेत असफल भएका कारण अब मुलुकको नेतृत्व राप्रपा ले गर्नु पर्ने समेत वताउनु भएको छ। साथै अदालतको गाईजात्रा,निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको वताउदै यो व्यवस्था असफलताको लक्षण भएको समेत वताउनु भयो।आउदो अधिवेशनले राप्रपा लाई सहि नेतृत्व दिने वताउदै उहाले कार्यकर्ताहरुलाइ विवेक पुर्ण निर्णय गर्न आग्रह गर्नुभयो।कार्यक्रमलाइ माननिय राजेन्द्र लिङदेल,लगायतका नेताहरुले सम्वोधन गरेका थियो ।