काठमाडौं, ७ कात्तिक | नेकपा एमाले रसुवा जिल्लाका ५ वटा स्थानीय तहका २७ वटा वडाको अधिवेसनमार्फत नयाँ नेतृत्व चयन भएको छ । रसुवाका कालिका गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङ्गो गाउँपालिकाका २७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको पूर्व सांसद जर्नादन ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार अधिकांश वडामा जनजाति समुदायवाट नेतृत्व चयन भएका छन् । जसअनुसार कालिका गाउँपालिकामा भरतप्रसाद न्यौपाने, अम्बिका पौडेल र हरिशरण पौडेलबाहेक २५ वडामा जनजाति समुदायले नेतृत्वमा चयन भएका छन ।
कालिका गाउँपालिका वडा नम्बर १ मा आङ्तेम्पा तामाङ, २ मा रामबहादुर श्रेष्ठ, ३ मा भरतप्रसाद न्यौपाने, ४ मा अम्बिका पौडेल र ५ मा हरिशरण पौडेल नेतृत्वमा चयन भएका छन् ।
यसैगरी, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ मा बच्छु कैलाश तामाङ, २ मा पेमा दोर्जे घले, ३ मा जिम्बा गुरुङ, ४ मा सोनाम साङ्बु तामाङ, ५ मा दावा तामाङ र ६ मा ङानेन घले नेतृत्वमा चयन भएका हुन् ।
उत्तरगया गाउँपालिका वडा नम्बर १ मा बुद्धिबहादुर तामाङ, २ मा भोजबहादुर तामाङ, ३ मा विष्णुबहादुर गुरुङ, ४ मा प्रतापसिं ब्लुन र ५ मा विनोद आचार्यले नेतृत्व पाएका छन् ।
यस्तै, नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ मा लक्षिन नुर्पु तामाङ, २ मा गणेशमान लामा, ३ मा नोकेन्द्र देव मोक्तान, ४ मा दीर्घसिंह वाइबा, ५ मा शरद गुरुङ र ६ मा यो नुर्पु तामाङ (च्याङ्बा) नेतृत्वमा चयन भएका छन् ।
आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १ मा साङ लामा, २ मा सुमन तामाङ, ३ मा मारलामा तामाङ, ४ मा वीरेन्द्र घले र ५ मा सुरेश तामाङ सर्वसम्मत नेतृत्वमा चयन भएका हुन् ।