बलिउड अभिनेता शाहरुखका छोरा आर्यन जेल चलान |

एजेन्सी -बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल चलान गरिएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ ।अदालतले जमानत खारेज गरेपछि उनीलाई जेलमा नै राखेका हुन् । ​ किला अदालतमा सुनुवाई चलिरहेको अवस्थामै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका हुन् ।

अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । उनीहरुलाई कोरोना परीक्षण गरिनेछ ।आर्यनसहि तका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिएर खान सकिने व्यवस्था मिलाएको छ ।

आर्यनलाई बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ । जेलमा बिहान ६ बजे उठ्नुपर्ने व्यवस्था छ । ७ बजे बिहानको खाजा दिइन्छ । बिहानको खाजामा पुवा र सुजीको पिठोबाट बनेको हलुवा दिइन्छ । जेलमा ११ बजे खानाको व्यवस्था हुन्छ । जसमा रोटी, साग, दाल र भात हुन्छ । आर्यनलाई पनि जेलमा घुम्ने वा डुल्ने सुविधा छैन ।