काठमाडौँ | नेकपा माओबादी (केन्द्र) शैलुङ काठमाडौं सम्पर्क मन्च समिति गठन गरेको छ । नेकपा माओबादी (केन्द्र)को केन्द्रीय कार्यलयमा भेला आयोजना गरीएको थियो । सो भेला ले ३५ सद्स्य समिति गठन गरिएको छ ।
कार्यक्रममा दोलखाको माओबादी केन्द्र को नेता केन्द्रीय सदस्य गंगा कार्की प्रमुख अथिति , बिशेष अथितिमा बागमती प्रदेश कमिटि सचिवालय सदस्य शंकर लामा , दोलखा को युबा नेता तथा बागमती प्रदेश सभासद बिशाल खड्का लगाएत नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बिशाल खड्काले दोलखाको शैलुङको योगदान युद्दा कालमा पनि सबै भन्दा धेरै योगदान रहेको कुरा स्मरण गराउनु भएको थियो भने स्थानिय निर्वाचनमा शैलुङ माओबादीले एक सिट पनि जित्न नसक्नु ले आफुलाई दुख लागेको बताउनु भएको थियो । त्यसै गरि प्रदेश कमिटी सदस्य शंकर लामाले आफु निर्वाचन लडेको स्थान भएकोले शैलुङ समृद्धिको लागि जुनसुकै हालत मा लाग्ने प्रतिबद्धता गर्नु भएको थियो ।
त्यसै गरी प्रमुख अथिति गंगा कार्की ले दोलखा जिल्लाको पालिका मध्ये शैलुङ गाउँपालिका योगदानको हिसाब मा पहिलो स्थानमा रहेको बाताउनु भएको थियो ।
कार्यक्रमलाई बागमती सम्पर्क मन्च कामिटी सद्स्य हरि खड्का को अध्यक्षतामा सम्पन्न भएको थियो भने दोलखाको शैलुङ गाउँपालिका देखि काठमाडौं मा बिभिन्न पेसा तथा जागिर गरि बस्ने मानिसहरुको बाग्लो उपस्थिति रहेको थियो ।