सभामुख अग्निप्रसाद सापकोटाका कारण संसद अवरूद्ध:ओली

प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद अवरूद्ध गरिएको बताएका छन्।

नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरूद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरूद्ध गर्नु आफूहरूको बाध्यता भएको बताए।

आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो।आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो।

एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिँदैन।’

अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौंबाट यहाँ आइपुगेका हुन्।