
धनकुटामा स्वास्थ्य मन्त्रालयबाट प्राप्त कोभिड स्वास्थ्य सामाग्री करिव १ महिना देखि नेपाली काङग्रेसले होटलमा लुकाएर राखेकाछन् । काेभिड माहामारीकाे संवेदनशील समयमा स्वास्थ सामाग्री लुकाएर काङ्ग्रेसले जनताको स्वास्थ माथि राजनीति गर्न खाेजेकाे भन्दै नेकपा एमाले धनकुटाले विराेध गरेकाछन् ।
स्वास्थ मन्त्रालय बाट प्राप्त स्वास्थ सामाग्री सूर्यबहादुर थापा ट्रष्ट मार्फत् कांग्रेस पार्टीको लोगो टाँसेर बाँड्नका लागि होटल प्यासिफिक ३ धनकुटामा भण्डारण गरेर राखेको छ ।
एमालले धनकुटामा शनिबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको लेटर प्याडमा माग गरेर मन्त्रालयबाट सामाग्री स्वीकृत गरेको पत्र समेत सार्वजनिक गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर जारी गरेको बिज्ञप्तीमा उक्त स्वास्थ्य सामाग्रीहरु कुनै दलबाट नभएर नेपाल सरकारको मातहतबाट बितरण गरिनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले बिधिको शासन र नीति बिपरित काम गर्न खोजे यसको दुश्परिणाम प्रशासन र सम्बिन्धित दलले भोग्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य ईन्द्रमणि पराजुलीले उक्त सामाग्रीहरु मन्त्रालयबाट नल्याएको भए श्रोत उल्लेख गर्न थापालाई चुनौति दिनुभयो ।
उक्त स्वास्थ्य सामाग्रीहरु संस्थागत नै वितरण गरिने भएपनि दलको चिन्ह प्रयोग गर्नु संबिधान तथा नीति बिपरित भएको एमाले धनकुटाको ठहर छ