काठमाडौँ | वाईसीएल संगठनको राष्ट्रिय भेला जेष्ठमै हुनु पर्ने थियो तर बिस्वब्यापि कोरोनाको प्रकोप र राजनिकी अस्थिरताको कारणले गर्दा आउदो भदौ १२ र १३ गते उदघाटन समहोरह र बन्द सत्र गरि दुई दिने सत्र बिच भेला सम्पन्न हुदैछ ।
भेला मैत्रीपुर्ण तरिकाले अहिलेको कोरोना प्रभावलाई ध्यानमा राखी सात ओटै प्रदेशमा नया भर्चुअल जुम टेक्नोलोजी प्रबिधि बाट गर्न लागेको हो । यस भेला ६४७ प्रतिनिधिको बिचमा सम्पन्न हुदैछन, भेला १ न. प्रदेश बिराटनगर, २ न. प्रदेश महोत्तरी बर्दिबस , बागमती प्रदेशको काठमाडौ लैनचौर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमअञ्चलको धनगढी बाट हुदैछ्न ।
यश भेलालाई पुर्व प्रधानमन्त्री तथा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड पुष्पकमल दहालले सम्बोधन गर्ने भएका छन । वाईसीएल नेपाल संगठनले बिगत देखि न्याय अत्यचार, घुस्खोर, कमिसनखोरी विरुद्ध लड्दै आए पनि अबको भेलाले यश संगठनलाई अब को कार्यदिशा कस्तो बनाउने भन्नेमा पनि अगडी बड्नेछ्न, भेलाले संगठनको राजनीतिक प्रतिबेदन,बिधान संसोधन प्रस्ताव, नयाँ नेतृत्व कार्यभारको लागि छलफल हुने समेत बताइएको छ।