स्वास्थ्य सामाग्रीमा नेपाली कांग्रेसको चुनाव चिन्ह , युवा संघ धनकुटा द्धरा बिरोध |

धनकुटा भदौ ९ ,धनकुटामा नेपाली कांग्रेसले कोभिड १९ कोरोना भाइरसका स्वास्थ्य सामाग्रीमा आफ्नो पार्टीको चुनाव चिन्ह लगाएर वितरणका लागि एक होटलमा लुकाएर राखेको पाए पछि युवा संघ धनकुटा द्धरा बिरोध प्रद्धर्शनि गरेको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयबाट उपलब्ध सामाग्रीलाई सुर्यबहादुर थापा प्रतिष्ठानको नामबाट सुनिल बहादुर थापा मार्फत नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह समेत टासेर करिब २०, २२ दिन अघि देखि धनकुटाको सिरान बजार स्थित प्यासिफिक होटलको हलमा अक्सिजन सिलिन्डर ,माक्स लगायतका स्वास्थ्य सामाग्री होटल छापा मार्दा लुकाएर राखेको भेटिए पछि युवा संघले बिरोध गरेको युवा संघ धनकुटाले जनाएको छ ।

युवा संघ र युथफोर्सले उक्त स्वास्थ्य सामाग्री भएको स्थानमा घेराउ गरेर कोभिड माथिको सत्ता राजनिति बन्द गर ,धनकुटेली जनता एक हौ ,युथफोर्स जिन्दावाद लगायतका नाराहरु लगाएर बिरोध प्रद्धर्शनी गर्दै धर्ना दिएका थिए ।

उक्त स्वास्थ्य सामाग्री तत्काल जिल्ला स्वास्थ्य कार्यलय मार्फत जनतालाई वितरण गर्न माग राखेपछि स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यलयको निगरानिमा रहने गरि जिम्मा लिए पछि आन्दोलन स्थगित गरिएको छ । सत्ताको दुरुपयोग गरी मनोमानी ढंगले वितरण गर्न खोजेमा युवा संघ र युथफोसले त्यसको प्रतीकार गर्ने चेतावनी दिएको छ ।

यसै बिच नेकपा एमाले पार्टी धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्य माथि नांगो राजनीति गरी खेलवाड गर्न खोजिएको भन्दै अबैध कार्यको घोर निन्दा भएको जनाएको छ । यता कांग्रेसले भने झुटो प्रचार गरिएको भन्दै आफ्नो गल्ति ढाक छोप गर्न तिर लागेका छन् ।