धनकुटा | धनकुटामा जारी रहेको निशेधाज्ञ कोरोनाको उच्च जोखीम कायमै रहेको भन्दै साउन ३२ गते सम्म पुन थप गरिएको छ । यस अघि साउन २० आज मंगलबार राति १२ बजे सम्म लागु हुने गरी गरिएको निशधोज्ञ जिल्लामा कोरोना संक्रमण दर पूर्णरुपमा नियन्त्रण भइनसेकाले जोखीम लाई मध्यनजर गरी पुन आगामी साउन ३२ गते सम्म निशधोज्ञ थप गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।
निशेधाज्ञ लागु गरे पनि सबै खाले पसल तथा व्यवसायहरु होटल रेस्टुरेन्टहरु स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरी संचालन गर्न पाउने जिल्ला प्रशासन कार्यलयका प्रमुख कृष्ण प्रसाद पन्थ द्धरा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै गरी सरकारी तथा गैह सरकारी कार्यलयहरुलाई स्वास्थ्य मापदण्डको पालना गरि नियमित रुपमा सेवा प्रदान गर्न भनिएको छ ।
त्यस्तै स्वास्थ्य मापदण्ड पालना गरि सबैखाले सवारी साधान सञ्चालन गर्न पाउने भएको छ । त्रिभुवन विस्वविद्यालय परिक्षा नियन्त्रण कार्यलय बल्खु,राष्ट्रिय परिक्षा बोर्ड,बुढानिलकण्ठ स्कुलबाट छात्रवृति छनौट परिक्षा सिटिभिटि द्धरा सञ्चालित परिक्षा र लोकसेवा आयोगबाट सञ्चालित परिक्षाहरु नेपाल सरकारले तोकेको कोभिड १९ सम्बन्धी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरि सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको ।
त्यस्तै गरी धनकुटामा अहिले सम्म कोरोना संक्रमित संख्या २ हजार ४ सय ३५ पुगेको छ । आज ३७ जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा संक्रमित संख्या २ हजार ४ सय ३५ पुगेको हो । जस मध्य आज २५ जना कोरोना मुक्त भए संगै निको हुनेको संखया २ हजार २ सय २० पुगेको छ । अहिले सम्म जिल्लामा २८ जनाको मृत्यु भइसकेको छ । जिल्लामा सक्रिय संक्रमित १ सय ८७ जना रहेको केन्द्रको तथ्याङकमा उल्लेख छ ् ।