भ्रष्टाचारकाे आरोप लगाउने वडा अध्यक्ष स्वयं भ्रष्टाचाररी भएको स्थानीय आरोप |

धनकुटा ,| पाख्रिबास नगरपालिकाकाे मेयर र संघीय प्रतिनिधि सभासदस्य तथा नेकपा एमाले पार्टी अध्यक्ष माथि याेजनाका काममा कमिसन लिएको भनी लगाएको अाराेप गलत भएको भन्दै स्थानीयले अाम जनतामाझ भ्रम छर्ने काम भएको भन्दै अाराेप लगाउने साेभित निराैलाले सार्वजनिक रुपमा माफि माग्नुपर्ने बताएका छन् ।

गत असार १० गते पाख्रिबास नगरपालिका मा ताेडफाेड तथा जनप्रतिनिधिमाथि हातपात गर्ने घट्नाका याेजनाकार मानियका साेहि नगरका वडा अध्यक्ष साेभित निराैला गिरफ्तारीमा रिहाइ पछि मिडियामा बाेलेका लगाईएकाे अाराेप गलत भएको स्थानीय उत्तम कट्टुवाले बताए । ४ वर्षकाे अबधिमा कुनैपनि काम चित्तबुझ्दो नगरेको भन्दै किसानको लागि याेजनाका समाग्रि अाफै प्रयोग गर्ने अाफ्नाे परिवारलाई मात्र प्रथमिकता दिएकाे कट्टुवाले बताए ।

साथै उनले हरेक विकासे अाेयजनामा पनि भ्रष्टाचार गरेको अाराेप लगाएकाछन् । त्यस्तै गरि साेहि वडाका समाजसेवी तथा बुद्धिजीवी राम बहादुर खड्काले पनि संघीय संसद गरिव जनताको नेताभएकाले जनतालाई सेवासुबिधा दिनका लागि संघर्ष गरेर याेजना ल्याई रहेको मान्छेले भ्रष्टाचार गर्ने कुरा कल्पना गर्न नसकिने बताए ।

अाफुले नजिक बाट बुझेको जिल्लाकाे नेता भएको भन्दै अहिलेसम्म पाख्रिबासमा ६ पटक सम्म देशकाे प्रधानमन्त्री भएकाले एक सिन्काे विकास गर्न सकेका थिएनन् तर अहिले राजेन्द्र राईकाे नेतृत्व पहल कदमीमा विकासका काम अगाडि बढिरहेको भन्दै अाराेप लगाउने साेभित निराैलाले मेरो भाेटकाे समेत अपमान गरेको महसुस गरिरहेकाे बताएकाछन् । वडा नं ४ बासि जनताको मत माथि लात हान्ने काम भएको भन्दै यस्काे मुल्य मंहगाे पर्ने बताए ।

कुनै प्रमाण तथ्य बेगार लगायकाे भ्रष्टाचारको अाराेप तथा चरित्र हत्या गर्न खाेजिएकाे भन्दै तत्काल कार्वाही गर्नुपर्ने र सार्वजनिक रुपमा माफि माग्नुपर्ने बताए । त्यस्तै गरि वडाअध्यक्ष निराैलालाई कुनै पनि हालातमा अध्यक्ष मान्न नसक्ने भन्दै उनको ठाउँमा तत्काल अर्को कार्वाहक वडा अध्यक्ष नियुक्त गर्नुपर्ने माग गरेकाछन् ।