विपक्षीसँग ङिच्च दाँत देखाएर एमालेको वरिष्ठ नेता भन्दै हिँड्ने ?:प्रधानमन्त्री ओली

1396

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कटाक्ष गरेका छन् । उनले एमालेको वरिष्ठ नेता भन्दै बिपक्षीहरुसँग ङिच्च दाँत देखाएर बसेको भन्दै बिरोध जनाए । उनले पत्रकार सम्मेलनमा बोल्दै एमालेमा बस्नु मन छैन भने किन एमाले भन्दै हिँड्नु ? छाँया दल पनि दर्ता गरिसकेछन्, कस्तो निर्लज्जता ? ओलीले भने ।


अब सोधिएको स्पष्टीकरण हेरेर त्यस पछि थप कार्बाही गरेर अघि बढ्ने पनि ओलीले चेतावनी दिए । अब आउने चुनावमा प्रचण्ड र माधव नेपालाको बेहाल हुने पनि ओलीले दाबी गरे । माधव नेपालमा अलोकतान्त्रिक, अनुशासनहिनता र अराजकता रहेको पनि ओलीको टिप्पणी छ ।

Previous articleअब कोरोना संक्रमण र मृत्यु दर घट्दै जान्छ :डा. शेरबहादुर पुन
Next articleरुकमांगत कटुवाल गृहमन्त्री बन्ने चर्चा

Leave a Reply