प्रधानमन्त्री ओली अल्पमतमा, माओवादीले औपचारीक समर्थन फिर्ता लिँदै

प्रधानमन्त्री केपी शर्मा ओली आजबाट अल्पमतको प्रधानमन्त्री बन्दैछन् । माओवादी केन्द्रले आज औपचारीक रुपमा पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भए पछि प्रधानमन्त्री अल्पमतमा परेका हुन् । माओवादीको हिजो बसेको स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सो पार्टीले आज संसद सचिवालयमा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।


प्रधानमन्त्रीले विस्वासको मत लिन २७ गते संसदको बिशेष अधिवेशन तोकेका छन् । सो विस्वासको मतलाई असफल पार्न काँग्रेस र माओवादी केन्द्रीत छन् । जसपाको आधा मात्रै साांसदले ओलीलाई मत दिएमा वा माधव समुहले फ्लोर क्रस नगरेमा प्रधानमन्त्रीले विस्वासको मत लिने संभावना छ । यो बिषयमा जसपा भित्र तीव्र विवाद बढेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव सहितका नेताहरु ओली सरकारलाई असफल पार्ने रणनीतिमा छन् भने महन्त ठाकुर समुह ओलीको पक्षमा हस्ताक्षर जुटाउन केन्द्रीत छन् ।