‘प्रम ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गर्नु लोकतन्त्रमाथिको निर्मम प्रहार’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको बताउनुभएको छ ।मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीलेआइतबार वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी बोलाउनुभएको थियो । उक्त सूचना जारी भएलगत्तै रावलले सामाजिक सञ्जालमार्फत् नेता रावलले उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ- ‘प्रमं केपीले संविधानको धारा ९३ (१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ । यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो। सबैमा चेतना भया !राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन बोलाइएको जनाइएको छ।