राजीनामा दिएकै दिन फेरी पोखरेल मुख्यमन्त्री नियुक्त

 लुम्वीनी प्रदेशमा अचानक राजीनामा दिएका मुख्य मन्त्री शंकर पोखरेललाई पुनः आजै मुख्यमन्त्रीमा नियुक्त गरिए पछि शपथ नखुवाउन विपक्षी सांसदहरुले माग गरेका छन् । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल बहुमतको सरकार गठनको तयारी गरे पछि एमाले सांसद विमला वली माओवादीतिर प्रवेश गरेपछि एमाले अल्पमतमा परेको थियो ।

प्रदेशसभाका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर नै शपथ रोक्न भनेका छन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिएकै समयमा गत उपनिर्वाचनमा नेकपाबाट विजयी बनेका सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने भन्दै पत्र पठाएपछि एकाएक खेल बदलिएको हो ।

वलीले माओवादी केन्द्र रोज्नासाथ अब एमालेको पक्षमा ४० सांसद रहने छन् । अब दुबै पक्षसँग बहुमत नदेखिएको र एमाले र विपक्षसँग ४०–४० सांसद रहेकाले प्रदेश प्रमुखले छलफल गराउनु पर्ने माग बढेको छ