सरकारले सहमति अनुसार मुद्धा फिर्ता नलिए पछि धरौटी बुझाएर छुटे माईला लामा

सरकार र नेकपा बीच फागुण २१ गते भएको तीन बुदे सहमति अनुसार सरकारले मुद्धा फिर्ता नलिए पछि लामो समयदेखि संखुवा सभा कारागारमा रहेका नेकपाका केन्द्रीय सदस्य माईला लामा धरौटी बुझाएर रिहा भएका छन् ।
सङ्खुवासभा जिल्ला कारागारमा रहेका पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा भएका हुन्। सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिना सम्म पनि सरकारले मुद्धा फिर्ता लिएको छैन ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिए । लामा २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ परेका हुन् । लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो । जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो ।

नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत थिए । तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । माओवादी जनयुद्धको क्रममा उनी घाईते भएका थिए । । लामाले दर्जनौ क्रान्तिकारी गीत गाईसकेर चर्चित छन्।