भारतमा एकै दिन तीन हजार सङ्क्रमितको ज्यान गयो

668

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । हिजो एकै दिन तीन हजार भन्दा बढीको ज्यान गएको थियो ।

एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको स्थानिय अधिकारीले बताएका छन् । भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ ।

अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ । भारतमा अहिलेसम्म एक करोड ७९ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

Previous articleसहिदभुमि गााउपालिकाको (कोभिड–१९) को संक्रमण जोखिम व्यवस्थापन तथा नियन्त्रण सम्बन्धि बिज्ञप्ति जारी |
Next articleकञ्चनपुरमा एक हप्ता लकडाउन

Leave a Reply