नयाँ भेरिएन्टको कोरोना बढ्दै गए पनि सरकारले फेरी लकडाउन गर्ने र शैक्षिक संस्था बन्द गर्ने काम भने नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन नगर्ने र शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो । यस अघि स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई विद्यालय बन्द गर्न सिफारीस गरे पछि प्याब्सनले असहमति जनाएको थियो ।
तर सरकारले कोरोना संक्रमण बढ्न नदिन थप सतर्कता र सजगता अपनाउने भने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीले बालबालिकामा कोरोनाको संक्रमण बढेकोमा त्यसलाई ध्यान दिन निर्देशन दिएका थिए । त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।सोमबार साँझ बसेको क्याबिनेट बैठकको निर्णयअनुसार आज सीसीएसीका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।