सेक्सको बदलामा आफ्नो घरमा सित्तैंमा बस्न दिन्छु भन्ने घरबेटी पक्राउ

1302

कोरोनाभाइरसको महामारीका कारण काम गुमाएर पैसाको अभाव झेलिरहेकी महिलाबाट घरको अफर दिएर यौनजन्य फाइदा उठाउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिले आफूसँगै आफ्नो घरमा बस्न चाहने महिलालाई यौनको बदलामा सित्तैमा बस्ने अफरसहित विज्ञापन नै दिएका थिए । इन्डिपेन्डेन्टको समाचार अनुसार लंग आइल्याण्डका ती व्यक्तिले आफ्नो नाम ‘एड्डी’ लेखेर क्रागलिस्टमा ‘सब्मिसिभ (आफ्नो लाभका लागि यौनको लागि तयार हुने) महिलाको लागि कोठा शेयरिङ’को अफर दिएका थिए ।उनले २० देखि ५० वर्ष उमेरमा ‘एसएम’ जीवनशैली भएका महिलाका लागि सुरक्षित आवास दिने बताएका थिए । यो विज्ञापन देखेपछि अमेरिकी समाचार तथा डकुमेन्ट्री उत्पादक संस्था इनसाइड एडिसनकी एक निर्मात्री एलिसिया पावर्सले ती व्यक्तिको लागि सम्भावित महिला बनेर उनीसँग सम्पर्क गरेकी थिइन् ।

एड्डीले उनलाई त्यसको जवाफ दिँदै विस्तृतमा कुरा गर्न स्थानीय मोटेलमा बोलाए । एलिसिया उनलाई भेट्न गइन् । उनको साथमा उनको सानो टिम थियो । ती व्यक्तिसँग भेटेपछि उनले आफूलाई चिनाइन् । त्यसपछि भने ती व्यक्तिले आफूले यो सब यौनजन्य फाइदाका लागि नगरेको स्पष्टीकरण दिएका थिए । पछि ती व्यक्तिले एलिसियालाई माफी माग्न र आफू इमान्दार व्यक्ति भएको बताउन फोन गरेका थिए ।

Previous articleप्रिमियम दरमा शुक्रबारबाट आईपीओ (IPO) निष्कासन हुने |
Next articleमेलम्ची सुरुङ आज परीक्षण गरिंदै |

Leave a Reply