पुटिनले माइनस १४ डिग्री तापक्रममा जमेको पानीमा किन मारे डुबुल्की ?

937

 ६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् ।जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिएको हो । पुटिन पुलसम्म ओभरकोट लगाएर आएको देखिन्छ तर डुबुल्की लगाउने बेला उनले उक्त कोट खोल्छन् । रुसको स्थानीय टिभी च्यानलमा यसबारे भिडियो देखाइएको छ । पुटिनले यो जमेको पूलमा तीन पटक डुबुल्की मारे । यो पूलको चारैतिर बरफ जमेको छ ।

वास्तवमा पुटिनले यसो गरेर एक धर्मनिष्ठ इिसाइको अनुष्ठानको पालना गरिरहेका थिए । यो दिनलाई फिस्ट डे वा इपिफनी भनिन्छ । हरेक वर्ष एपिफनीको दिन धर्मनिष्ठ इसाइ नदी वा पोखरीमा डुबुल्की मारेर यसुलाई याद गर्छन् ।

यो डुबुल्कीलाई निकै पवित्र मानिन्छ । पुटिन कम्युनिष्ट शासनमा हुर्किएका हुन् तर राष्ट्रपतिको रुपमा उनी एक धर्मनिष्ठ ईसाइको रुपमा रहेका छन् । इपिफनीको मौकामा मानिसहरु पारम्परिक रुपमा नजिकैको नदी वा तलाउमा गएर बरफ जमेको पानीमा डुबुल्की मार्छन् । इपिफनीको मध्य रातमा सबै पानी पवित्र हुने जसका कारण यावत् पाप पाखालिने मान्यता राखिन्छ ।

रुसी मिडियामा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लामो समयसम्म एक ‘दबंग’ नेताको रुपमा देखाउँदै आएको छ जसले रुसलाई पश्चिमी दुनियाँबाट बचाउँछन् । तर अब रुसी मिडियामा उनको छवि एक ‘मसीहा’ को रुपमा देखाइरहेका छन् । बीबीसी

Leave a Reply