ठाेस सहमती बिनै टुंगियो नेकपा सचिवालय बैठक |

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएकाे छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म चलेकेा बैठकमा स्थायी कमिटी र पार्टीमा आएका विभिन्न विचारलाई सम्बोधन गर्नेगरी सहमति गर्नुपर्छ भन्ने विषयमा छलफल भएकाे थियाे ।बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकै आधारमा समाधान गर्ने विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी भित्रको संकट समाधान गर्न सकिन्छ भन्ने विषयमा पार्टीका अध्यक्ष र साथीहरुले विचार राखेकाे प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पक्ष  सहमतिका आधारमा समस्या समाधान गर्न तयार भएकाे बताइएकाे छ । ‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।भाेलीकाे स्थायी कमिटि बैठक पनि पूर्व निर्धारित तालिका अनुसार नै बस्ने श्रेष्ठले बताए ।  स्थायी कमिटी बैठक आइतबार अपरान्ह ३ बजेपछि बस्दैछ ।यसैबीच, बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेको स्रोतले बतायो ।