कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या र उनकी छोरीलाई पनि अस्पताल भर्ना गरियो

1141

एजेन्सी । कोरोना संक्रमण भएको पाँच दिन पछि बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि अस्पताल भर्ना गरिएको छ । यस अघि नै बलिउड महानायक अमिताभ बच्चन र नायक अभिषेक बच्चनलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको परिवार सबैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरीएको हो ।

गत शनिबार अमिताभ र उनका छोरा अभिषेकलाई भर्ना गरिएको थियो । कुनै लक्षण नभएको भनेर ऐश्वर्या र आराध्यालाई घरमै आईसोलेसनमा राखिएको थियो । तर पछि केही लक्षण देखिए पछि उनीहरुलाई पनि भर्ना गरिएको हो ।

Previous articleऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म | मौद्रिक नीति आशा लाग्दो भएको विज्ञहरुको दाबी |
Next articleफेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा

Leave a Reply