ट्‍वीटर ह्‍याकः पूर्वराष्ट्रपति ओबामासहित अर्बपति व्यवसायी ह्‍‍याकरको निशानामा

काठमाडौं | अमेरिकामा ह्याकरहरुको समूहले उच्च पदस्थ र विशिष्ट व्यक्तिहरु सहित उद्योगपतिहरुको ट्विटर अकाउण्ट ह्याक गरी सहयोग रकम माग गरेको प्रकरण सार्वजनिक भएको छ ।

बिट क्वाइन घोटाला नाम दिइएको यो प्रकरणमा ह्याकरको समूहले अर्वपति उद्योगी इलोन मस्क, जेफ बेजोस र बिल गेट्सलाई लक्षित गरेर उनीहरुको ट्विटर अकाउण्टमा सन्देश पठाएका थिए ।

यसैगरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, विदेशमन्त्री जो विडेन तथा चर्चित गायक किने वेस्टबाट समेत रकम माग गरेको खुलेको छ । “सबैले केहिन केहि माग गरिरहेका छन् र अब सहि समय आएको छ” लेखिएका सन्देश सहित एक हजार डलर पठाएमा दुई हजार पठाइदिने आशयका सन्देशहरु प्राप्त भएको विल गेट्सले बताउनुभएको छ ।

अकाण्टको पासवर्ड परिवर्तन गर्का लागि समेत अनुरोध आएको उहाँहरुले बताउनुभएको छ । धेरै प्रतिष्ठित र चर्चित व्यक्तिहरुलाई लक्षित गरी पठाइएको उक्त सन्देशहरु केही समयपछि हटाइएको बताइएको छ । ट्विटरले यसरी चर्चित व्यक्तिहरुलाई एकै पटक धेरै सन्देश पठाउन मिल्ने गरी आफ्नो प्रणालीमा भएको छेडखानीको अनुसन्धान शुरु गरिसकेको बताएको छ ।