नयाँ साल मनाऔ, नब दुर्ग पार्टी प्यालेस जाऔ, सहयोगार्थ रकम जुटाऔ, कलाकारहरुको माझ रमाऔ ।।

ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज र तराना कला केन्द्रको संयुक्त आयोजनामा दुबै मृगौला पीडित अशोक लामालाई उपचारको लागि सहयोगार्थ रकम संकलन गर्ने भएको छ ।

“मानव सेवा नै ठुलो धर्म हो ।” भन्दै उक्त मृगौला पिडितलाई दुई संस्था मिलि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै सहयोग स्वरुप रकम जुटाउन  यसपटकको नयाँ बर्ष बि.स. २०७६ मा सो कार्यक्रमको आयोजना गर्न गईरहेको ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्षले बताए । नव वर्षको उपलक्ष्यमा “शुभकामना आदानप्रदान पनि गर्ने तथा बृहत सांस्कृतिक कार्यक्रममा पनि रमाउन मिल्ने अवसर” यी दुई संस्थाले दिलाउने भएको हो ।

सबै दोलखाली तथा नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा गैर जिल्लाबसिहरुमा पनि उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ । नयाँ बर्षको अबसर पारेर अन्य ठाउमा फजुल खर्च गर्नु भन्दा एउटा पिडितको सहयोगार्थ रकमले पिडितको उपचार हुनु नै मानब सेवा मुख्य हो साथै दुई दर्जन भन्दा बेसी रास्ट्रिय कलाकारहरुको रमझममा रमाउनु पनि ठुलै अवसर यी दुई संस्थाले दिलाएको छ ।

नब दुर्ग पार्टी प्यालेस, सुकेधारा, काठमाडौं स्थित यहि २०७५/१२/३० गते शनिबार बिहान १०:०० बजे ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाज सम्पुर्ण परिवार काठमाडौं, नेपाल तथा तराना कला केन्द्र सम्पुर्ण परिवार काठमाडौं, नेपाल को साथमा उक्त बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुन गइरहेको छ ।