काठमाडौं – नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । (नेकपा) निकट प्रगतिशील, पेसागत तथा समावेशी समूहका श्रेष्ठले काँग्रेस निकट लोकतान्त्रिक समूहका प्रत्याशी सुनिल पोखरेललाई पछि पार्दै विजयी भएका हुन् ।
मतगणनाको सुरुवातमा प्रजातान्त्रिक समूहका उम्मेदवार पोखरेलले अग्रता लिए पनि मतगणना अन्तिमसम्ममा नेकपा निकट प्रगतिशीलका श्रेष्ठ विजयी भएका हुन् ।
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि गत शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो ।
महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् ।