दरवार हाइ-स्कुलको पाचौं पुनर्मिलन तथा वनभोज कार्यक्रम सम्पन्न

नेपाल कै पहिलो स्कूल भानु मा.वि. (दरवार हाइ-स्कुलको पाचौं पुनर्मिलन तथा वनभोज कार्यक्रम दक्षिणकाली डोल्लु रिसोर्ट डोल्लु, फर्पिङमा भव्यताका साथ सम्पन्न भएको छ । जेष्ठ २३ गते शनिवार भएको कार्यक्रममा भानु मा.बि. ( दरवार हाइ-स्कुलमा अध्ययान गरेका विभिन्न व्याचका करिब सात दर्जन बढी विद्यार्थीहरूको जमघटको अवसर पनि बनेको थियो । भानु मा.वि (दरवार हाइ-स्कुल) का पूर्व प्रधानाध्यापक भानु मा .वि. (दरवार हाइ-स्कुल) का पूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार रामराज कुवर, दरवार हाइ-स्कुलका शिक्षक तथा पूर्व वि द्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष हालका सल्लाहकार राजमल श्रेष्ठको विशेष उपस्थित रहेको कार्यक्रम संचालक तथा सस्थाका सचिव दिपशक्ति व्याञ्जनकारले जानकारी दिनु भयो ।

परिच्यात्मक कार्यक्रमवाट शुरु, भएको कार्यक्रममा मानु मा.वि. ( दरवार स्कूल) पूर्व विद्यार्थी स‌माजका अध्यक्ष तथा यस कार्यक्रमका सभापति सुरेश श्रेष्ठले पूर्व विद्यार्थी समाज स्थापनाको उद्देश्यर यस समाजले हालसम्म गर्दै आएका कामहरूको बारेमा प्रष्ट पार्नु भएको थियो ।

उक्त अवसरमापूर्व प्रधानाध्यापक / पूर्व विद्यार्थी र समाजका अध्यक्ष एवं हालका सल्लाहकार रामराजा कुवरले आफूले स्थापना गरेको संस्था र आफूले अध्ययान तथा अध्यापन गराएका विद्यार्थी भाइ बहिनी हरुसंग यसरी घुलमेल भैरहन पाउनु र समाज‌ले यस्ता खाले विविध गतिबिधि गरी छरिएर रहेका विद्यार्थी भाई बहिनीहरु लाई पूर्व विद्यार्थी समाजमा जोड्दै लगेको मा आफू निकै हर्षित भएको बताउनु भयो । समाजका आजिवन सदस्य बाल गोपाल श्रेष्ठ र बाल मुकुन्द श्रेष्ठ यस समाज लाई अगाडि बढाउन सबैको साथ र सहयोग रहने धारणा व्यक्त गर्नु भयो ।

अर्धकट्टी रिडरको लक्की ड्रा बाट क्रमशः कोषाध्यक्ष उषा टिवडेवाल, सानु श्रेष्ठ र मंगल दास श्रेष्ठ पहिलो, दोश्रो र तेश्रो मा विभिन्न गिफ्ट हयाम्पर जित्न सफल भए । पूर्व विद्यार्थी समाजले स्थापना गरेको छात्र वृद्धिकोष विद्यार्थीको स्थर अभिवृद्धि मा आर्थिक सहयोग पुर्याउनु हुने समाजका सहयोग दाता रामराजा कुँवर, राजभक्त श्रेष्ठ, सुरेश बहादुर श्रेष्ठ , रजेन्द्र प्र. श्रेष्ठ, राजेन्द्रमान वज्राचार्य,उषा टिवडेवाल, सुष्मा श्रेष्ठ, वालगोपाल श्रेष्ठ, दुर्गा लाल श्रेष्ठ, राधा थापा, ज्ञानीशोभा मर्हजन र राजन दाहाललाई उक्ता कार्यक्रममा कदरपत्र द्वारा सम्मान गरिएको थियो । कार्यक्रम बिशेस धन्यवाद सहित वरिष्ठ उपाध्यक्ष रजेन्द्र प्र. श्रेष्ठले समापन गर्नु भएको थियो ।