कोन्ज्योसोमको एकीकृत जनस्वास्थ्य शिविरमा करिब ४०० जनाले लिए आयुर्वेदिक सेवा

ललितपुर । गत चैत २९ र ३० गते भएको एकीकृत जनस्वास्थ्य शिविरमा ३९९ जना सहभागीले सेवा लिए । जसमा १४७ जना पुरुष र २५२ जना महिला रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले जनाएको छ । जसमध्ये १३३ जना ६० भन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिक रहेको कार्यालय प्रमुख डा. पुनम नेपालले जानकारी दिईन ।

कोन्ज्योसोम गाउँपालिका वडा नं १ मा भएको एकीकृत जनस्वास्थ्य शिविर अन्तर्गत आयुर्वेद चिकित्सा सेवा गाउँपालिका ललितपुर महानगरपालिकाबाट २ घन्टाको कच्ची बाटो भएर जानुपर्ने थियो्र । ललितपुर जस्तो शहरबाट २ घण्टा मात्र दुरीमा भए पनि कोंज्योसोममा राम्रो स्वास्थको पहुँच भने छैन्र विरामीलाई सुविधायुक्त सेवा लिनको लागि प्रादेशिक अस्पतालसम्म नै आइपुग्नु पर्ने अवस्था छ्र । स्थानीयमा पनि स्वस्थ जीवन सम्बन्धि जनचेतनाको कमी रहेको पाइयो्र यस्ता शिविरहरुले रोगहरुको पहिचान गर्ने र जनचेतना फैलाउन पनि मद्दत गर्ने हुनाले शिविरहरु संचालन गरिराख्न जरुरी हुन्छ्र ।

शिविरमा उच्च रक्तचाप , मधुमेह, अम्लपित्त, दम, हड्डी खिइएको, कम्मर दुखाई, पाइल्स, फिसर , छाला रोग सम्बन्धि समस्याहरु लिएर आउनु भएको थियो्र
शिविरमा आँखाको जांच, एआईको माध्यमबाट छातीको स्क्रीनिंग साथै माइनर शल्यक्रियाको समेत व्यवस्था थियो । आयुर्वेदको विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच भएको थियो र करिब ६० थरीका औषधि उपलब्ध थिए्र साथै स्वस्थ जीवनशैली परामर्श एवम योगमा सुक्ष्म व्यायाम, प्राणायाम पनि सिकाइयो ।