गुण भुलेउ पित्तलको सुन पाए पछी गायिका सारिका घिमिरेको “lakhau chot(लाखौ चोट ) ” संगीतिक बजारमा

काठमाडौं । पछिल्लो समय निकै चर्चित गीत गुण भुलेउ पित्तलको सुन पाए पछी नामक गीतको अफर सफलता पछी गायिका सारिका घिमिरेको “लाखौ चोट “ नामक गजल सार्बजनिक भएको छ |

ममीला पौडेल (आस्था)को मर्मस्पर्सी शब्दहरुमा गायिका घिमिरेको साथमा गायक तथा संगीतकार शिवराज गौतमको स्वर रहेको छ | साथै गीतमा संगीत स्वयं शिवराज गौतम ले दिनु भएको छ |

शिवराज गौतमको निर्देशन रहेको म्युजिक भिडियोमा,मोडेलको रुपमा लामो समय देखि कोरियालाई आफ्नो कर्म थलो बनाई नेपालमै कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने विचार बोकी स्वदेश फर्केका रोजेन सुन्दास,डेफ्नी र सुजन सुर्खेको अभिनय देख्न सकिन्छ |

भिडियोलाई  सम्पादन तथा कलारिंङ पदम सुबेदीले  गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई saajha tv युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

हेर्नुहोस् “lakhau chot” बोलको गीतको भिडियो