उत्सब सुब्बा लामा र लक्ष्मी स्याङतान “एउटा मुटु छ” सार्वजनिक

काठमाडौँ । विगत लामाे समय देखि गीत संगीत तथा कलाकारिता क्षेत्रमा योगदान दिदै आउनु भएका निर्देशक तथा सम्पादक जोन राई ले पछिल्लो समय “एउटा मुटु छ “नामक गीत सार्बजनिक गर्नु भएको छ।

गीतमा मिठाे स्वरका धनी उत्सब सुब्बा लामा लाई लक्ष्मी स्याङतान ले साथ दिएको छ भने सुनिता वाइबा र सुजन सुर्खेती को अभिनय रहेकाे छ । गीतमा दुई मायालु जोडीको भावनामा लाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको देख्न सकिन्छ ।

गीतको शब्द तथा संगीत उत्सब सुब्बा लामाको रहेको छ भने भिडियो निर्देशन जोन राई गर्नु भएको छ भने भिडियो को कोरियो ग्राफरको पाटो समेत सोयम निर्देशक जोन राईले समाल्नु भएको छ ।

एरेन्जर राजु खड्काको रहेको छ भने मिक्सिङ आर बि लामा ले गर्नु भएको छ । छायांकन दुर्गा श्रेष्ठ द्वारा गरिएको छ भने सम्पादन र कलारिंङ सोयम जोन राई ले गर्नु भएको छ ।

उक्त गतिले युटयुबमा राम्रो प्रतिक्रिया पाइरहेको छ । Semjong Film युटयुब च्यानल मार्फत सार्बजनिक गरिएको गीतले पछिलो समय राम्रो प्रतिक्रिया पाउनुको साथै दर्सकको साथ समेत राम्रो पाएको देखिन्छ ।