“नाई नाई न भन्नु ल” बाट कुसुम शर्मा ( सकम्बरी) ले जितिन् उत्कृष्ट नायिका अवार्ड २०२४

काठमाडौँ । राष्ट्रिय चलचित्र बोर्डकाे हल चाबहिलमा आयोजना भएको दोस्रो उपमा अवार्ड २०२४ काे आधुनिक विधाबाट कुसुम शर्मा (सकम्बरी) ले उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल भएकी छन् । पछिल्लो समय निकै चर्चामा रहेको “नाई नाई न भन्नु ल” बोलको गीतमा गायिका एलिना चौहान र गायक बसन क्षेत्रीकाे स्वरमा रहेको छ । शब्द सङ्गीत भने शिवराज गौतमको रहेको छ ।

गायक बसन क्षेत्री आफैले नायिका कुसुम शर्मा (सकम्बरी) सङ्ग म्युजिक भिडियोमा समेत स्क्रीन सेयर गरेका छन् । सो म्युजिक भिडियो जोन राईले क्यामरा साथै इडिट कलारिङ्ग गर्दा ड्रोनमा चाहिँ टार्जन लिम्बूले कैद गरेका छन् । सञ्जिला सुमित्राकाे कोरियोग्राफी रहेको भिडियोको परिकल्पना सुमन मोक्तानकाे रहेको छ भने यसको डाइरेक्सन शिवराज गाैतमले गरेका छन् ।

साझा अनलाइन टि भी अफिसियल च्यानलबाट बजार आएको सो म्युजिक भिडियो अहिले पनि दर्शकको उत्तिकै माया सँगालिरहेको छ करिब ५ लाख पटक हेरिसकिएको यो म्युजिक भिडियोले छिट्टै मिलिनियर्स भिउज बटुल्ने कुरामा निर्माण टीम विश्वस्त रहेको छ ।

अवार्ड कार्यक्रमकाे प्रमुख अतिथि माननीय तथा लुम्बीनी प्रदेश लुम्बीनी प्रदेशका संस्थापक सभामुख पूर्ण बहादुर घर्तीले गरेका थिए । कार्यक्रमकाे सभापतित्व उपमा सञ्चार मिडियाका अध्यक्षले गरेका छन् ।