
काठमाडौँ । अनलाइन टि.भीका पत्रकारहरुलाई प्रेस सेन्टर नेपालले संगठित गर्न थालेको छ । युट्युब, फेसबुक लगायतका डिजिटल प्लेटफर्ममा समाचारमुलक भिडियो प्रशारण गर्नेहरुलाई संगठनमा संगठित गर्न थालेको हो । सामाजिक संजाल पहुँचको आधारले मुलधार बनिसकेको भन्दै जिल्ला शाखाकै मान्यता दिएर २१ सदस्य कार्यसमिति चयन गरेको छ ।
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश अन्तर्गत (अनलाइन टेलिभिजन पत्रकार) जिल्ला शाखाकाे प्रथम अधिवेशन सम्पन्न भएकाे छ । राजधानीकाे बबरमहलस्थित प्रेस सेन्टर नेपालकाे केन्द्रीय कार्यलयमा उक्त अधिबेशन सम्पन्न भएकाे हाे । अधिवेशनले प्रेम पुनकाे नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेकाे छ ।
जसकाे उपाध्यक्षमा जनक मगर र सचिवमा लक्ष्मण रसाइली रहेका छन् । सहसचिवहरुमा क्रमश: सुमन श्रेष्ठ र सुमन माेक्तान रहेका छन् भने काेषाध्यक्षमा प्रमाेद परियार रहेका छन् ।प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) काे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमल गिरी, महासचिव सन्ताेष पाैडेल लगायतका प्रेस सेन्टरसँग आवद्ध व्यक्तित्वहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि सापकोटाले अनलाइन टेलिभिजनमा काम गर्ने पत्रकारहरुकाे हकहितकाे लागि आफ्नो संगठन कटिबद्ध रहेकाे प्रष्ट पारे । साथै न्यु मिडिया अन्तर्गत अगाडि आएकाे अनलाइन टेलिभिजन तथा युटुबमा काम गर्ने पत्रकारहरु प्रति हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न सबै मिलेर अगाडि बढ्नुकाे विकल्प नरहेकाे जिकिर गरे । साथै उक्त क्षेत्रमा काम गर्ने पत्रकारहरुकाे पेसालाई थप ईज्जतदार र प्रतिष्ठित बनाउन आफ्नो मुल संगठन प्रेस सेन्टर नेपालले अग्रणी भुमिका खेल्ने समेत उनले बताए ।
त्यसैगरी कार्यक्रममा बाेल्दै प्रतिष्ठान प्रदेशका अध्यक्ष विरेन्द्र ओलिले अनलाइन टेलिभिजनमा काम गर्ने पत्रकारहरुलाई संङ्गठित गर्ने नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुकाे संगठन प्रेस सेन्टर नेपाल नै पहिलाे भएकाेमा आफुले निकै गाैरवान्भित महसुस गरेकाे बताए । साथै उनले नवगठित अनलाइन टेलिभिजनकाे संगठनले पत्रकारिता पेसालाई थप जिम्मेवार र मर्यादित बनाउदै काम गर्नेमा विश्वास व्यक्त गरे । प्रेस सेन्टर नेपालले रेडियो, टेलिभिजन र अनलाइन पत्रिकाकाे दाेस्राे अधिवेशन पनि आजै सम्पन्न गरेकाे छ ।