
काठमाडौं । तामाङ पत्रकार संघको सातौँ संघीय राष्ट्रिय महाधिवेशन काठमाडौं को एरपोर्ट होटेलमा सम्पन्न भएको छ।महाधिवेशनबाट अध्यक्ष पदमा नेत्र तामाङ सर्वसम्मत् चयन भएका छन् ।
शनिबार सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल , उपाध्यक्षमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ महासचिवमा सरस्वती तामाङ सचिव मा आदर्श थोकर ,जिबी लामा र मिक्साङ वाइबा , तथा कोषाध्यक्ष मा हिरामान बल निर्बाचित भएका छन ।
अमृता तामाङ, अञ्जली तामाङ ,पासाङ घिसिङ ,सुदिन दोङ,संगम लामा र श्यामलाल लामा केन्द्रिय सदस्य खुल्लामा निर्बाचित भएका छन भने आर्जुन तामाङ ,मान काजी तामाङ ,सन्तोष योन्जन तामाङ ,शान्ती थिङ,राजकुमार स्याङ्बो ,राधिका लो तामाङ र श्याम बहादुर तामाङ बागमती प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन।
अनुप योन्जन र सन्तोषीकला तामाङ कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। साङ बहादुर लो (राजु ) मधेश प्रदेशबाट केन्द्रिय सदस्यमा निर्बाचित भएका छन ।