गायक धनराज लामाको शब्दमा अल्लारे ठिटो दोलखाली सेलो गीत सार्बवनिक

काभ्रे ।गायक तथा शब्द रचनाकार धनराज लामाको शब्दमा रहेको “अल्लारे ठिटो दोलखाली” बोलको तामाङ सेलो गीत सार्वजनिक गरिएको छ ।

काभ्रेको तेमाल पुर्ख्याउली थलो र काभ्रे महाभारतमा जन्मिएको धनराज लामाले २९ औं शब्द रचनामा रहेको अल्लारे ठिटो दोलखाली सेलो गित एस के जो जो अफिसियल युट्युब च्यानल मार्फत आइतबार सार्बजनिक गरेको छ।

प्रस्तुत गीत एस के शिशिर लामाको प्रस्तुतिमा सार्बजनिक भएको हो । गायक तथा सङ्गीतकार सुशील तामाङ् र गायिका अष्मिता रुम्बाद्वारा स्वर बद्ध गीतलाई धनराज लामाको आफ्नै शब्द रचना भरेका हुन् भने संगीत सुशील तामाङ अनि संयोजन जोगलाल लामाको रहेको छ भने ध्वनी सम्पादन अर्पण थिङ्ले गरेका छन ।

उक्त गीतमा बिशेष गरि दोलखाको तामाङ र गोर्खाको गुरुङ्नी सङ्गको माया प्रेम लाई निकै मीठो सङ्ग उदागर गरिएको छ।