नेपाल तरुण दल र नेपाल लोकतानन्त्रिक आदिबासि जनजाति महासंघ द्वारा दही चिउरा खाने तथा भेटघाट कार्यक्रम सम्पन्न

नुवाकोट ।  नेपाली कांग्रेस शिवपुरी गाउँपालिका का  नेपाल तरुण दल र नेपाल लोकतानन्त्रिक आदिबासि जनजाति महासंघ , कार्य समितिको संयुक्त आयोजनामा आयोजित आसार १५ दही चिउरा खाने तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

शिवपुरी गाउँपालिका तरुण दलका अध्यक्ष रुपेश गुरुङको अध्यक्षता र,झमक राज गुरुङ, निबर्तमान वडा अध्यक्ष शिवपुरी ४ का , सन्तोश गुरुङ, समाज सेवी , सूर्य बहादुर तामाङ दुप्चेश्वर ६ का प्रत्यसि वडा अध्यक्ष, सागर तामाङ दुप्चेश्वर गाउँपालिका २ युवा नेता दुप्चेश्वर काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष, अशोक गुरुङ,जनजाति सँग शिवपुरी वडा अध्यक्ष, राम लामा, सागर लामा लगायतको कार्यक्रम सफल पर्नमा विशेष भूमिका रहेको बताउनु भयो ।

प्रमुख अतिथि जगदिश्वर नरसिंह के.सी.विशेष अतिथि सङ्घीय सांसद सिता मिजार, शवपारि गाउँपालिका अध्यक्ष वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि रहेको आयोजक टिमले बताउनु भयो। आगामी दिनमा आज तरुण दललाई बलियो र पार्टीलाई शक्तिशाली पर्दै ८४ मा नुवाकोटलाई कांग्रेस मय बनाउने अठोटको साथ लागेको सभापति रुपेश गुरुङले बताउनु भयो।

कार्यक्रम राख्नुको उद्देश्य दही चिउरा खानु मात्रै नभएर विभिन्न सँग संस्थाका पार्टीका शीर्ष नेता वडा पालिका बुद्धिजीवी सँग भेटघाट र सल्ला सुझाव , शुभकामना आधनप्रदाको लागि राखेको सभापति गुरुङले बताए। आगामी दिनमा नेपाली कांग्रेस र भित्रा संगठलाइ तथा आम नेता कार्यकर्तालाई कुनै पनि पार्टी सँग संस्थाले बिथोल्ने मनोबल गिराउने काम कार्य गरे गराएमा मैदानमा गई प्रतिवाद गर्ने बताए।

सन्तोश गुरुङले नुवाकोटमा कांग्रेको पालामा धेरै ठुलठुला काम भएको तर प्रचार- प्रसार तथा मिडिया बाजि नगरेको, आगामी दिनमा तरुण युवा नेताहरू नुवाकोट मात्रै नभै देशकै विकास र जन्तको लागि कांग्रेस पार्टीलाई शक्तिशाली पार्न जुनसुकै अवस्थामा पनि काँध थाप्ने सभापति रुपेशले बताए।

दुप्चेश्व र शिवपुरी पालिकाको तरुण युवा नेताको जादुमय कार्य देखेर दङ्ग भएको संविधान सभा सदस्य जगदिश्वर नरसिंह के.सी.र सङ्घीय सांसद सिता मिजारले बताउनु भयो । अरू पालिका, नगर र जिल्लाका तरुण युवा नेता पनि यसरी लागि परे ८४ मा देशै कांग्रेस मय बन्ने भन्दै शुभकामना दिए। आउने दिनमा नुवाकोट मात्रै नभएर विभिन्न जिल्लमा समेत यसरी नै कार्यक्रम गर्न हौसला र सुझाव दिए। नुवाकोटमा तरुणदल निकट युवा नेताहरूको माहोल तातिदै गएको आजको कार्यक्रमले देखको छ ।