संविधान दिवसको दिन राष्ट्रिय जनमुक्ति पार्टीको खवरदारी

काठमाडौं, असोज ३ । राष्ट्रिय जनमुक्ति पार्टीले संविधान संविधान पुर्नलेखनको माग गर्दै ‘असोज ३ खवरदारीको दिन’ भन्ने नारासहितको कार्यक्रम सम्पन्न गरेको छ । आज राजधानीमा आयोजित पत्राकार भेटघाट कार्यक्रममा उक्त पार्टीले संविधानभित्रका कतिपय प्रावधानहरुलाई सच्याउन र संसोधनसहित पुर्नलेखन गर्न माग गर्दै कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा बोल्दै पार्टीका महासचिव टोप अस्लामी मगरले ३९ बुदे संविधान पुर्नलेखन पत्र प्रस्तुत गरेका थिए । मगरले प्रत्यक्ष प्रधानमन्त्रीय शासन प्रणाली हुनुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने, पहिचानसहितको प्रदेशको नामाकरण, स्वदेशी उत्पादनमा जोड, राष्ट्रिय अर्थतन्त्रको विकास लगायतका मागहरु राखेका छन् ।

साथै पार्टीले आगामी दिनमा संविधान पुर्नलेखनलाई प्रमुख एजेण्डा बनाएर जनता समक्ष जाने र सम्बन्धित निकायलाई दवाव दिनका लागी कडा संघर्षका कार्यक्रमहरु पनि छिट्टै आयोजना गरिने घोषणा गरेको छ । अगामी २०८४ मा हुने आम निर्वाचनलाई लक्षित गरि पार्टीले थप कार्यक्रमको घोषणा गर्ने पनि जनाएको छ ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष बलदिप राई, केन्द्रीय सदस्य राम बहादुर अस्लामी मगर लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।