काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका निकट अखिल क्रान्तिकारीको चितवन भेला सम्पन्न भएको छ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको भेलामा सविन खड्काको संयोजकत्वमा नयाँ नेतृत्व चयन गरेको हो। नेकपा बहुमतसँग एकतापछि संयुक्तरूपमा कमिटी गठन भएको हो।
प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय संयोजक मिलन राई, क्रान्तिकारी कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज धर्व रावल, अखिल क्रान्तिकारी केन्द्रीय सह संयोजक तथा बाग्मती प्रदेश इन्चार्ज शिलु न्यौपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टी चितवन जिल्ला सह संयोजक दुर्गा सुवेदी, अखिल क्रान्तिकारी बागमती प्रदेश संयोजक उषाकिरण आजातलगायतको उपस्थिति थियो।
साथै कृषि तथा वन विश्वविधालय रामपुरका उपकुलपति प्राडा पुन्य रेग्मिसँग पनि समसामयिक विषयमा छलफल भएको थियो।