अधिवक्ता पाण्डे र प्रहरी दमनविरुद्ध घेदुङ र मगर संघ रामेछापले विरोध प्रदर्शन गर्ने

131

काठमाडौं । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ रामेछापले विरोध प्रदर्शन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएको छ । सामबार जिल्ला समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी मार्फत् गृहमन्त्रीलाई ज्ञानपत्र बुझाउने कार्यक्रम राखिएको नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज रोज बहादुर मोक्तानले जानकारी दिए ।

मगर संघ र घेदुङले जिल्लाका सबै जनसमसदायलाई आन्दोलनमा सहयोग गर्न आग्रह समेत गरेको छ । मगर संघका अध्यक्ष लाल बहादुर मगर र घेदुङका इन्चार्ज मोक्ताले संयुक्त विज्ञप्ति जारी गरेर जस्तो अपिल गरेका हुन् । आन्दोलनलाई सहयोग गर्न सबै पार्टीका नेताहरूसँग छलफल गरिरहेको मोक्तानले बताए र उनले माओवादी, एमाले, कांग्रेसलगायतका नेता तथा सांसदहरूसँग पनि छलफल गरिरहेको बताए ।

यस्तो विज्ञप्ति

प्राइम टेलिभिजनद्वारा मिति २०८०र०४र०७ गते प्रसारित चिया गफ कार्यक्रममा शितल भन्ने अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्तिले हाम्रो आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुऱ्याएको सन्दर्भमा निजलाई अभिव्यक्ति सच्याउन पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि मिति २०८०र०४र०९ गते जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता भई पक्राउ पुर्जी समेत जारी भएको लामो समय बितिसक्दा पनि निजलाई पक्राउ नगरेपछि बाध्य भई मिति २०८० र ०४ र १७ गते जिल्ला प्रहरी परिसर टेकु घेराउ कार्यक्रम राखिएको र घोषित १ घण्टे धर्ना कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जन बढीलाई पक्राउ गर्नुका साथै अश्रुग्याँस, लाठी, रड, बुट प्रयोग गरी एक दर्जन बढी महिला तथा पुरुष अभियान्ताहरुलाई नियन्त्रणमा लिइसकेपछि पनि चरम यातना दिनुका साथै सुन्न, भन्न र लेख्न समेत नसकिने शब्द प्रयोग गरी गाली गलौज गरेको र अमानवीय व्यवहार प्रदर्शन गरी निहत्या एक दर्शन बढी अभियान्ताको टाउको, जिउ र हातखुट्टामा चोट पुन्याई गम्भीर घाइते बनाएको हुँदा हामी नेपाल मगर संघ र नेपाल तामाङ घेदुङ रामेछाप, घाईतेहरुलाई सिघ्र स्वास्थ्य लाभको कामनासहित आगामी आन्दोलन प्रति एक्यबद्धता तथा समर्थन जनाउदै राज्यपक्षले गरेको यस्ता कर्तुत कार्य विरुद्ध एक जुट हुन आम रामेछाप बासी जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं ।

Previous articleमहिलाबारे आपत्तिजनक शब्दसहितका प्रश्नोत्तर राखिएकोमा अखिल(क्रान्तिकारी) केन्द्रीय समिति द्वारा विरोध प्रदर्शन
Next articleअन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै,

Leave a Reply