महिलाबारे आपत्तिजनक शब्दसहितका प्रश्नोत्तर राखिएकोमा अखिल(क्रान्तिकारी) केन्द्रीय समिति द्वारा विरोध प्रदर्शन

काठमाडौं ८ साउन । लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितका प्रश्नोत्तर राखिएकोमा अखिल(क्रान्तिकारी) केन्द्रीय समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन तथा कथित पुस्तक जलाउने कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमकाे सञ्चालन अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य शाेभा सेन्चुरीले गर्नुभएको थियो। विरोध कार्यालयमा अखिल(क्रान्तिकारी)का केन्द्र कार्यालय सदस्य नवराज भट्टले महिला माथि हुने अत्याचार विरुद चुप बस्न नहुने बताउनु भयो भने,कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय सह-संयोजक शिलु न्यौपानेले विरोध कार्यक्रममा वैद्धिक अपराध गर्ने राम एक्वाल दासले सर्वजनीक पदमा आसीन लेखकले पदबाट राजीनामा दिएर तत्काल प्रकाश वितरणमा रोक लगाउनु पर्ने आम रूपमा माफि माग्नु पर्ने बताउनुभयो। उक्त कार्यक्रम मा अखिल(क्रान्तिकारी)का केन्द्रीय सह-संयोजक पेशल दाहाल,सचिवालय सदस्य गाेविन्द विष्ट लगायत विद्यार्थीहरू नेताहरू विरोध प्रदर्शनमा उत्रिए थिए ।

अखिल(क्रान्तिकारी) नारा जुलुस सहित आफ्ना आक्रोश विरोध प्रदर्शनमा देखाएका थिए। उक्त कार्यक्रम पछि उनीहरूले उक्त विरोधाभास पुस्तक जलाएका थिए।विधा विकास पब्लिकेसन प्रा.लि काठ्ठमान्डौ द्धारा प्रकासित उक्त पुस्तकको प्रकाशन तथा वितरण कार्यलाई पूर्ण रूपमा बन्द गर्न अखिल(क्रान्तिकारी)ले माग गरेको छ। कथित लेखक श्री राम एक्वल दासले लोकसेवाको गेमस्काउट,वन रक्षक सफलताको साथी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द सहितको प्रश्नोत्तर राख्नेलाई कार्यवाही वन तथा वातावरण मन्त्रालय का सार्वजनिक पद धारण गरेका हुँदा तत्काल बर्खास्त गर्न सम्बन्धित पक्षलाई जिम्मेवार हुनु पर्ने बारे बताएका छन्। अखिल(क्रान्तिकारी) ले भ्रमपूर्ण तरिकाले सम्बन्धित पक्षले मागी मागेता पनि सार्वजनिक रूपमा आम माफि माग्नु पर्ने र प्रकाशन वितरण नरोके सम्म अखिल(क्रान्तिकारी) चुप नबस्ने कुरा अखिल(क्रान्तिकारी)का केन्द्रीय सह-संयोजक शिलु न्यौपानेले बताउनु भयो।