नेकपा एमाले धनकुटा स्कुल विभागकाे प्रशिक्षण कार्यक्रम सम्पन्न,

धनकुटा जेठ २८ ,

नेकपा एमाले धनकुटा स्कुल विभाग काे आयाेजनामा सञ्चालित ३ दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रिय कमिटी उपमहासचिव एवं केन्द्रिय पार्टी स्कुल विभाग प्रमुख . प्रदीप ज्ञवाली, पोलिट्ब्युरो सदस्य एवं केन्द्रिय पार्टी स्कुल विभाग उपप्रमुख इश्वरी रिजाल, केन्द्रिय पार्टी स्कुल विभाग सदस्य . वाइपी आचार्य,कोशी प्रदेश स्कुल विभाग संयोजक गुरु प्रसाद बराल पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य गाेपाल गुरागाई , काेशी प्रदेश अध्यक्ष तुलसी न्याैपानेले प्रशिक्षण   दिएका हुन  । उनिहरुले महाधिवेशनबाट पारित कार्यक्रम, निति र कार्यदिशा जबज र समृद्ध नेपाल, सुखी नेपालीको रास्ट्रीय आकाङ्क्षा , मार्क्सवादी दर्शन र सामाजिक रूपान्तरण,
लेनिनवादको परिचय ,समाज विकासक्रम, नेपाली समाजको वर्ग चरित्र र नेपाली समाजको इतिहास , नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास , संगठन निर्माण, सूचना, सञ्चार र प्रविधि संचालन र व्यावस्थापन साथै संघीय संरचना र पार्टीकाे काम , कार्यालय र कार्यक्रम व्यवस्थापन , जनवादी संस्कृति, कार्यशैली र अनुशासन र धनकुटा जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास लगायत विषयमा छलफल तथा अन्तरक्रिया सहित सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिईएकाे थियोे ।

कार्यक्रम पाख्रिबास नगरपालिका धनकुटाको कृषि अनुसन्धानको तालिम केन्द्रमा २६ गते देखि २८ गते सम्म सञ्चालन भएको नेकपा एमाले धनकुटाका स्कुलिङ्ग बिभाग प्रमुख  मनाेज  राईले जानकारी दिनुभयो ।  सहभागीलाई प्रशिक्षण  सुरू गर्नु अघि र प्रशिक्षण  सकिएपछि विभिन्न प्रश्नावली वितरण गरी जाँच लिइएको थियो भने सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । जिल्ला स्कुल विभागले क्रमैसँग पार्टीका सबै पालिका देखि वडा र टाेल कमिटी , जनसंगठनलाई प्रशिक्षण दिइने विभागले जनाएकाे छ ।