पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

478

काठमाडौं,२८ असोज । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Previous articleभलिबलले बेनी बजार उत्सवमय
Next articleएमाले बिकास प्रेमि पार्टि भएकाले बस्ती बस्तीबाट जनताले साथ दिने : सकुन्तला बस्नेत

Leave a Reply