खोटाङमा ६ जना मात्र काेराेना संक्रमित

451

खोटाङ, २३ फागुन |खोटाङमा कोभिड–१९ बाट सक्रिया संक्रमितको संख्या ६ मा झरेको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

आठ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

Previous articleयही हुन् माओवादी केन्द्रका प्रस्तावित केन्द्र सदस्यहरू (नामसहित)
Next articleप्रधानमन्त्री देउवाले चैतको तेस्रो साता श्रीलंकाको भ्रमण गर्ने

Leave a Reply