
काठमाडौँ ४ फागुन | एमसीसी बिरुद्धको आन्दोलनमा आज नेकपा क्रान्तिकारी माओवादीका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरिएको छ | पक्राउ गर्ने क्रममा दुई जना घाइते समेत भएको छ |
नेकपा(क्रान्तिकारी माओवादी)का पिबिएम दिनेश शर्मा , पिबिएम सुरेश श्रेष्ठ घाइते भएको हो | घाइते दुवै जनाको अहिले वीरअस्पतालमा उपचार भइरहेको अखिल क्रान्तिकारीका उपाध्यक्ष शिलु न्यौपाने जानकारी दिए |
त्यसै गरी पक्राउ गरिएका अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल , उपाध्यक्ष शिलु न्यौपाने सहित अन्य नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लब मा राखिएको छ |