काठमाडौँ १९ माघ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका विद्यार्थी नेताहरु मोहन बैद्य नेतृत्वको पार्टी निकट विद्यार्थी संगठनमा प्रवेश गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई नेता सिपी गजुरेलले अविर र खादा लगाएर प्रवेश गराएका छन् ।

प्रमुख अथिति नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबी गर्नुभयो ।
अहिले गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । कार्यपालिकामा सङ्कट छ । व्यवस्थापिकामा सङ्कट छ । उनीहरू नै भन्छन् । हामीले मात्रै भनेको होइन । प्रतिक्रियावादीहरू को एउटा हिस्साले के भन्छ भने– सङ्कटै सङ्कट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ ।’

नेता गजुरेलले देशकाे अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट देशलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल तथा उपाध्यक्ष शीलु न्याैपानेले आफ्नो मन्तब्य राख्दै नयाँ प्रबेस गरेका हरुलाई स्वागत तथा सुभकामना दिनु भएको थियो |