कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

416

धनगढी, ९ माघ | कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।

Previous articleहिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे राप्रपाले उपयुक्त समयमा निर्वाचन आयोगलाई जवाफ दिने
Next articleमाओवादीको बैठक आह्वान, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने

Leave a Reply