
सानु मोक्तान , काठमाडौँ ६ पुस| ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल(क्रान्तिकारी) द्वारा राष्ट्रघाती एम.सी.सी सम्झौता विरुद्ध पाटन संयुक्त क्याम्पस,पाटनढाेका ललितपुरमा एम.सी.सी विरुद्ध सचेतना अभियान सम्पन्न गरेकाे छ |साथै अखिल (क्रान्तिकारी)का देवेन्द्र धामीकाे अध्यक्षतामा २५ सदस्य ईकाइ कमिटि निर्माण पाटन संयुक्त क्याम्पसमा संगठन विस्तार कार्यक्रमा पनि सम्पन्न गरेकाे छ।
उक्त कार्यक्रम अखिल(क्रान्तिकारी)काे केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले विधार्थीहरु भविष्यका कर्णधार भएकाे हुनाले राष्ट्रिय स्वाधिनताकाे रक्षा गर्न राष्ट्रघाती एम.सी.सी सम्झौता कुनै पनि हालतमा खारेज गराउन लाग्नु पर्छ भन्दै सडक बाधकाे रुपमा स्थापना गराउन अखिल(क्रान्तिकारी)का जिम्मेवार नव गठित सदस्यहरुलाई प्रशिक्षित गर्नु भयाे |
अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष एव ३ नम्वर परदेश संयाेजक शीलु न्याैपानेले अब अखिल(क्रान्तीकारी)ले शसक्त रुपमा राष्ट्रघाती एम.सी.सी कार्यक्रमकाे विरोधमा ईतिहासले दिएकाे जिम्मेवार युवा विधार्थीहरुकाे काधमा आएको हुदा स्वाधिनताकाे रक्षाका लागि उठने,जाग्ने र विधार्थीहरु अब देशद्राेहि
विरुद्ध लाग्नु पर्ने बताए । उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) काे परदेश सदस्य अर्पणा श्रेष्ठकाे समेत उपस्थित रहेकाे थियाे |