राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.लामिछाने

दाङ, २ पुस .| राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रिस्तरीय निर्णयबाट निमित्त उपकुलपतिकाे जिम्मेवारी दिइएको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापतिले जानकारी दिइन्